५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भत्ता बुझ्न आएका वृद्धको मृत्यु



©copyright : phuyal phuyal\lalitpurkhabar.com

१६ साउन ०७८, कैलाली । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज शनिबार एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताएका छन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।