२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मेलाम्चीको बाढीको वितण्डा (तस्विरहरु)



शनिबार रातिदेखि आएको बाढीले मेलम्ची ११ घर क्षति । तस्वीर : देवराज सुवेदी/रासस

१७ साउन ०७८, मेलाम्ची । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढील मेलाम्ची बजार फेरि तहसनहस भएको छ । रेडियो मेलम्चीको भवन ढलेको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी जानकारी दिएका छन् ।

आफ्नो ज्यानलाई जोखिममा राखेर मेलम्चीमा आएको बाढीको हिलो छिचोल्दै स्नातक तहको परीक्षा दिन परीक्षा केन्द्रतिर जाँदै परीक्षार्थी ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो । तस्विर : रासस

शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढालेर बगाए । तस्वीर : देवराज सुवेदी\रासस

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।