१७ साउन ०७८, मेलाम्ची । सिन्धुपाल्चोक हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको हुनसक्छ ।
आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात उनले सो कुरा बताएका हुन् ।
पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य देखिएका छन् ।
मेलम्ची थुनिएपछि पानीको बहाब बढेर फुट्दा एकैपटक तटीय क्षेत्रमा बाढी आएको हुनसक्छ । ठूलो वर्षा नहुनु, तर एकैपटक ठूलो बाढी आउनुले माथिल्लो भेगमा मेलम्ची थुनिएर एकैपटक पानीको बहाब आउँदा बाढी आएको अनुमान गरिएको ग्याल्जेनले बताए ।
तस्बिरहरू हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा फेसबुकबाट
प्रतिक्रिया