२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल सहकारी बैक खोल्ने विषयमा प्रधानमन्त्री देउवा सकरात्मक



१८ साउन ०६७,काठमाडौं । नयाँ सहकारी बैक खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटमा‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको विभागका सचिव भण्डारीले बताए । उनले भने,‘बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौ । उहाका अनुसार प्रम देउवाले देशभरका सहकारीक्षेत्रको प्रतिथनिधित्व हुनेगरी सहकारी बैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गरेका थिए ।’
‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धीत निकायसंग परामर्श लिने धारणा प्रधानमन्त्रीले राकेका छन्’–शुभकामना आदानप्रदान गर्ने क्रममा प्रम देउवाले राखेको धारणाबारे जानकारी दिदै सचिव भण्डारीले भने,‘सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रकृया थाल्नेछ ।’
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेको थियो ।
नेपाल सहकारी बैक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्रबैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैक सञ्चालनमा आउनेछ । बैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गरेका थिए । नेपाली काग्रेसका सभापति समेत रहेका प्रम देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको काम को बारेमा जानकारी गराएको थिए ।
विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताएका छन् । ‘

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।