
१८ साउन ०७८, काठमाडौं । काठमाडौं महानगरल आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । वागदरवारस्थित अहिले कार्यालय रहेको भवन ०७२ सालको भुकम्पले क्षतिग्रस्त भए पछि भाडामा बस्दै आएको महानगरले आफ्नै भवन नहुँदा समस्या झेल्न थालेपछि भवन बनाउन लागेको हो ।
टेकुस्थित वातवरण विभाग रहेका ७ रोपनी आफ्नै जग्गामा ८७ करोड रुपियाँको लागतमा निर्माण हुने भवन दुई वर्षभित्र बनाउने भएको हो ।
ऋहिले कार्यालय रहेको बागदरबारस्थित कार्यालय परिसरमा १ अर्ब रुपियाँ लागतमा भवन बनाउन लाग्दा पुरातत्व विभागले असहमति जनाएपछि महानगर समस्यामा थियो ।
महानगरले जेडिए कम्प्लेक्समा भाडा तिर्दै आएको छ । भाडाका लागि करोडौं रकम खर्च हुने अवस्था आएपछि महानगरले आफ्नै भवन बनाउन लागेको बताइएको छ ।
८ तले यो भवनमा २ सय जना अट्ने क्षमताको अत्याधुनिक हल, करिब ५० जना अट्ने क्षमता भएको सानो हल, बोर्ड हललगायतका सबै निकाय अट्ने हलसहितको भवनमा लिफ्टको पनि व्यवस्था रहने बताइएको छ । सम्पदामैत्री यस भवन करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी केसी समानान्तर जेभिले ठेक्का पाएको छ ।







प्रतिक्रिया