ललितपुर खबर
१८ साउन ०७८, मंगलबजार । ललितपुरलाई स्मार्ट सिटी बनाउने भाषण गर्दै हिड्ने महानगरका मेयर चिरीबाबु महर्जनको टोल नजिकै मंगलबजारमा हरेक दिन सडकमा खोला बग्छ ।
कुमारीपाटी, मानभवन र गावाहाललगायतको टोलका बर्षे पानीको निकास नपाउदा मंगलबजार गावाहाल सडकमा हरेक दिन भेल बग्ने गरेको हो । पानी पर्दा यात्रुलाई सास्ती त छदै छ स्थानीय व्यापारी समेत मर्का परिरहेको बताउछन् ।
पानी निकासका लागि मंगलबजार शंखमुल रोडमा ढल विछ्याउनेका काम भइरहे पनि ठेकेदारको ढिलासुस्तीले काम नभएको स्थानीयको गुनासो छ । सडकको भल पसलमा पस्दा व्यापारी हैरान छन् । गावाहाल चोकबाट यो पानी बंगलामुखी तर्फ खोला बनेर बग्दा सवारीसाधनहरु समेत जाममा फस्ने गरेका छन् । तस्विर : ललितपुर खबर
प्रतिक्रिया