२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा दोहोरो अंकको गिरावट



२१ साउन ०७८, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच १६ अंकले घटेको नेप्से ३ हजार १ सय ७ विन्दुमा रोकिएको छ । यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।

यस दिन युनिभर्सल पावरको मूल्य ६.७ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ५ प्रतिशतले घटेको छ । बिहीबार विकास बैंक समूहमा ठूलो वृद्धि देखिएको छ । समग्र नेप्से घट्दा सो समूह १ सय १० अंकले बढेको छ । अरु सबै समूह घटेका छन् ।

बैंकिङ १ अंकमुनि रातो रह्यो । फाइनान्स २६, होटल तथा पर्यटन ४९, जलविद्युत ७६, जीवन बीमा ५९, उत्पादन ६८, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ५६, अन्य १६ र ब्यापार समूह ४४ अंकले घटे । बिहीबार २ सय २६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६४ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।