२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा धेरैको आवेदन




२५साउन ०७८, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।
रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यस कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकीे ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।