२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुरमा



२६साउन ०७८, ललितपुर । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ । उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।

बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्दे सामाजिक उत्तरदायित्व वहन गरी अगाडी बढाउनुपर्ने बताए । महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक महानगरपालिकसँग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्वारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ्ग सेवा दिनुपर्ने बताए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बनाए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।