२६ साउन ०७८, ललितपुर । ब्राम्हण संस्कृतीको चर्चा नै नभएको एउटा अचम्मको संस्कृती छ त्यो हो । खली खाने अर्थात वायु पूजा ।
यो २१ औं शताब्दीमा विज्ञानलाई सबै थोक मानिन्छ । संस्कृती चाल चलन सवै छोडेर अहिलेका युवाहरु विज्ञानसँग साइनो गाँसिरहेका छन् । परम्परागत पुरेत्याई अपमानित भइरहेको यो आजको परिवेशमा सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्ने यो संस्कृती जो कोही अनौठो लाग्छ ।
व्राम्हण कुलमा हुने यो विषेश किसिमको वायु पूजामा एक सय आठ भारी दाउरा बालेर बनाइएको र्भभराउदो आगोको भुग्रोमा नांगो खुट्टाले नाच्ने गरिन्छ र आगो निभाइन्छ । सामान्य आगोको राप खेप्न साह्रै पिडा हुने मानिसलाई आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रेर सबैलाई आश्चार्य लाग्छ । यो आगोको थुप्रोमा नाचेको हेर्ने रमिते पनि डराउदैनन् । भर्भराउदो भूग्रोमाथि नाच्ने कुलका वायु बोक्नेहरु नाच्छन् ।
वायु चढेका कुलका युवाहरु जानु अघि आगोमा पूजा गरिन्छ । यहाँ तन्त्र विद्या जानेका ब्राम्हणले पानी छम्केर तान्त्रिक पूजा गर्छन् । यो आगोको डाह जो कोहीले मार्न सक्दैन । जसले तन्त्र विद्या जानेको हुन्छ उसले मात्रै पूजा गरेर आगोमा डाह मार्न सक्छ ।
आगो बाल्ने क्रममा यहाँ धातुका बस्तु परेको खण्डमा खुट्टा जल्ने गर्दछ । अन्यथा खुट्टामा केही पनि हुँदैन ।
गोत्रहरुका परम्परा सुरु भएदेखि नै चलनचल्तीमा आएको यो संस्कृतिलाई खली खाने भनिन्छ । महिनौसम्म तन्त्र विद्या जान्ने तान्त्रिक बाम्हण (डांग्रे)ले कुलमा अकालमा ज्यान गुमाएकाहरुको कैरन (यतार्थ विवरण बकाए)पछि अन्तमा खली(आगो)मा नाच्न लगाइन्छ । यसलाई खली खाने समेत भन्निछ ।

वायु बोकेका कुलका युवाहरु हरेक वर्ष कुलायन र वायु पूजामा बोलाइन्छ । उनीहरुको पूजाआजा गरिन्छ । कुलमा हुने शुभकार्य यी वायुलाई पूजा गर्ने र मान राख्ने गरिन्छ । वायु र कुलायनलाई मान नराखे अनिष्ठ हुने जनविश्वास रहेको छ ।
लडेर, विषसेवन,जलेर,दुर्घटनामा वा अकालमा ज्यान गुमाएका आत्माको चिर शान्तिका लागि यो पूजा गर्ने परम्परा रही आएको हो । अकालमा मृत्युवरण गरेका कुलका सन्तान दरसन्तानहरुको मुक्तिका लागि गरिने यो पूजा नगरे कुलका जो कोहीलाई पिर्ने अनिष्ट गराउने र ज्यानै जाने खतरा हुने जनविश्वास छ ।
यो संस्कृती झुटोहो भन्दै अविश्वास गर्नेहरु नै आफ्नो शरिरमा वायुको प्रवेश भएको बताउने गरेका छन् । आगोमा खुट्टा राखेर नाच्छन् ।
खलीमा नाच्नुअघि वायु चढेका कुलका युवाहरु थाल भाँडा बजाउदै आगोमा होमिन्छन् । यस क्रममा कटुसको हाँगाहरु बोकाउने चलन पनि छ । आगोमा नाचेर निभाइसकेपछि हरेक वायु बोक्नेहरुले शिला खोजेर ल्याउछन् । उनीहरुलाई बलिरहेको बत्ती खुवाइन्छ । वायुलाई यही शिलामा बस्न लगाइन्छ । रहेका बर्ष वायु पूजामा शिलालाई पूजा गरिन्छ ।
वायु पूजाका क्रममा बली दिने चलन छ । आजकल बलीको संस्कृतीलाई सुधार गरेर खिर र वावर चढाउने चलन पनि गरेको छ । शहरको परिवेश भेट्न मुस्किल गर्ने यो संस्कृति गाँउ घरतिर भने यत्रतत्र भेटिन्छ । वायु पुजाको क्रममा खली खाएपछि वायु पाको भएको मान्निछ ।
ब्राम्हण कुलका सबैजसो परिवारमा वायुपूजा हुने भए पनि घिमिरेथरका ब्राम्हणले यो चलन चलाएको पाइदैन ।







प्रतिक्रिया