४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्यो, मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय



३० साउन ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।

बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र असोज १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै वडा तहको अधिवेशन भदौ १८ गतेका लागि तोकिएको छ । स्थानीयतहका अधिवेशन भदौ २७ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।