ललितपुर खबर
३१ साउन ०७८, धापाखेल । ललितपुरको धापाखेल नागदह सडक आजकल हिलाम्मे छ । धापाखेलको सुन्दर पर्यटकीय स्थल नागदह जाने यो सडक हिलाम्मे हुँदा स्थानीयबासी मात्रै होइन यहा आउने पर्यकहरु समेत हैरान छन् ।
धापाखेल सन्तानेश्वर सडकखण्ड निर्माणाधिन रहेको कारण पनि हिलाम्मे बनेको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार बर्षा लागेपछि सडक खनेर ठेकेदार बेपत्ता हुँदा यो सडकमा हरिविजोक हुने गरेको हो ।
यस सडकमा ढलबाट पानीनबग्दा सडकमा पोखरी बनेको छ । सडकको किनारामा फुटपाथ समेत नहुँदा बटुवालाई हिड्न कठीन छ ।
नागदह घुम्न राजधानीका विभिन्न ठाँउबाट आगन्तुक आउछन् । पछिल्लो समय नागदहमा ढुंगा सयर गर्न पछि काठमाडौंबासीको घुइलो लाग्ने गरेको छ ।
स्थानीय सर्फेट भ्यु रिर्सोटका एक कर्मचारीका अनुसार पछिल्लो समय सडकको हालत खराव भएकै कारण याहा पाहुनाको संख्यामा कमी भइरहेको छ ।
तस्विरहरु : ललितपुर खबर
प्रतिक्रिया