२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा वृद्धि



३१ साउन ०७८, काठमाडौं । सुनको बजार भाउ आइतबार एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले बढेको छ ।

आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २०५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा खरिद बिक्री हुँदा चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।