२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अफगानिस्तानबाट ६ सय यात्रु कोचेर कार्गो विमान पुग्यो अमेरिका




१ भदौं ०७८, काठमाडौं । अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलबाट झण्डै ६ सय जना मनिसहरुलाई लिएर एयर फोर्स सी–१७ ग्लोबमास्टर थर्ड अमेरिका पुगेको छ ।
अमेरिकाको प्रतिरक्षा तथा सुरक्षासम्बन्धी न्युज साइट डिफेन्स वनले सार्वजनिक गरेको तस्बिरमा मानिसहरु खादिएर बसेको देखिन्छ । यस जहाजमा ६ सय ४० जना मानिस बसेर अमेरिका गएको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् ।
उनीहरुका अनुसार एकै पल्ट यो संख्यामा कार्गो जहाजमो यात्रा गरेको यो पहिलो पटक हो ।
अफगानिस्तानको यो घटनाको तस्विर संसारभरका सञ्चारमाध्यमले प्रकाशन गरेका छन् । अफगानिस्तानको काबुलस्थित हमिद कारजाई विमास्थलमा देश छोड्नेहरुको भागदौडको तस्विर सामाजिक संजालहरुमा संसारभर भाइरल बनेको छ । एजेन्सी

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।