२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्यमा गिरावट



३ भदौं ०७८, काठमाडौं ।  सुनचाँदीको भाउ बिहीबार गिरावट आएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ लगातार दोश्रो दिन पनि घटेको छ । महासंघको तथ्यांक अनुसार यसदिन चाँदी तोलामा २५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।