४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रक्तपात हुन नदिन देश छोडेः अफगान पूर्वराष्ट्रपति(भिडियोसहित)



३ भदौं ०७८, दुबई । अफगानिस्तानका राष्ट्रपति असरफ ग़नीलेआफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ ।

उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् । हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छोडेका थिए ।

देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गरेका हुन् ।

उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका छन् । त्यसक्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन् ।

सिन्ह्वा

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १ : ४८ बजे