२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा गिरावट



३ भदौं ०७८, काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीवार बजार १८.२४ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक ३१८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० अर्ब ४९ करोड ९२ लाख १० रुपैयाँ रहेको छ ।

आज व्यापार समूह, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह वृद्धि भएका छन् ।

उक्त दिन बैंकिङ समूह १९.५५ अंक, विकास बैंक १६२.४५, होटेल तथा पर्यटन ३०.०७, जलविद्युत १२३.३१, फाइनान्स ७३.३१, उत्पादक तथा प्रशोधन १९.२८, लगानी समूह ४.९२ र म्युचुअल फण्ड ०.१ अंकले घटेका छन् ।

आज अरुण काबेली पावरको सबैभन्दा बढी १ अर्ब १६ करोड ७८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको १ अर्ब १६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।