२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्री लालीगुराँसको छैठौं काउण्टर सूर्यविनायकको पाण्डुबजारमा



४ भदौं ०७८, भक्तपुर । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शुक्रबार भक्तपुर सूर्यविनायक स्थित पाण्डुबजारमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले काउण्टरको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए । ६ ठाँउमा रहेको सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यक भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी समेत सिइओ भण्डारीले जानकारी दिएका छन् ।
लालीगुराँसको ललितपुर जिल्लाको चापागाँउ, काठमाण्डौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरिरहेको छ ।
संस्थाले आफ्ना शेयरसदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ भने, ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्येक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको बताएको छ ।
डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ सालमा दर्ता भएको यस संस्थाले श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि. तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । संस्थाकै मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रा.लि. ले  प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आइरहेको छ । संस्थाले स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।
साथै संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिमहरु प्रदान गर्दै आई रहेको स)स्थाले बताएको छ । संस्थाको वित्तिय तथा अन्य सेवा सुविधाहरुलाई थप प्रभावकारी रुपमा शेयरसदस्यहरुलाई प्रदान गरिने संस्थाको भनाई छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।