२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लिखु हाइड्रोपावरको आईपीओ खुल्दै




४ भदौ ०७८, ओखलढुंगा । ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निस्काशनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउने छन् ।
३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वधारणका लागि निस्काशन गर्न लागिएको हो । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ ।
त्यस्तै रामेछापतर्फको गोकुल गंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा सूचिकृत छ । यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरुले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ ।
लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता सेयर कर्मचारीका लागि छुट्याइने छ ।
अयोजनाका कर्मचारीमध्ये पनि दुई सयभन्दा कम संंख्यामा कर्मचरी भए पाँच प्रतिशत र त्योभन्दा बढी कर्मचारी भएको खण्डमा दुई प्रतिशत मात्र सेयर उनीहरुका लागि जारी गरिने नागरिक लगानी कोषको उप निर्देशक नारायण घिमीरेले जानकारी दिए । यो आयोजना ग्रीन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।