८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


च्यासल युथ क्लबले एकेडेमी सञ्चालन गर्ने




४ भदौ ०७८, काठमाडौं । ए डिभिजन क्लब च्यासल युथ क्लबले एकेडेमी सञ्चालन गर्ने भएको छ । शुक्रवार युवा खेलाडी विकास र उत्थानको लागि क्लबले पुष्प सदन बोर्डिङ हाई स्कुलसँग सहकार्य गर्दै एकेडेमी सञ्चालन गर्ने जानकारी गराएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले आफ्नो सम्पूर्ण सदस्य राष्ट्रका शिर्ष डिभिजनका क्लबले लाइसेन्स लिग्नुपर्ने र त्यसका लागि विभिन्न मापदण्ड जारी गरेसँगै च्यासलले एकेडेमीका लागि सम्झौता गरेको हो ।
त्रिपक्षीय सम्झौतामा च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबिचको सम्झौता पत्र आदानप्रदान भयो । च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकार, पुष्पसदन बोर्डिङ हाई स्कुलको तर्फबाट प्रिन्सिपल राम धन राई र एन्फाबाट उपाध्यक्ष तथा युथ युवा विकास संयोजक उपेन्द्रमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अखिल नेपाल फुटबल संघको तर्फबाट अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको पनि उपस्थिति थियो । एकेडेमी च्यासल–पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट संचालन हुनेछ ।
क्लबका ७ खेलाडी र स्कुलका ७ गरि जम्मा १४ जना खेलाडी पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो बर्षमा अन्य सात खेलाडी थप्दै कुल २१ खेलाडीलाई प्रशिक्षण दिनेछ ।
यसअघि तीन बिभागीय क्लबहरु (त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब) संकटा क्लब, सातदोबाटो युथ क्लब, न्युरोड टिम एन आर टी क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब गरि ८ क्लबले युथ एकेडेमी संचालन गर्ने सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : १५ बजे