८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


थ्रीस्टारमा आए रोशन गुरुङ




६ भदौ ०७८,ललितपुर । युवा गोलरक्षक रोशन गुरुङ थ्रीस्टार क्लबमा अनुवन्ध भएका छन् । आइतबार सामाजिक संञ्जाल फेसबुकमार्फत चारपटकको ए डिभिजन च्याम्पियन थ्रीस्टार क्लबले रोशनलाई आफ्नो क्लबमा आवद्ध गराएको जानकारी दिएको हो ।
यसअघि बी डिभिजन लिग टुसाल युथ क्लबबाट खेल्दै आएका ओखलढुंगाका रोशनले सानो गौचरण युथ क्लबबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए । यसअघि रोशनले सानो गौचरण र प्लानिङ ब्वाइज युनाईटेडबाट सी डिभिजन लिग खेलिसकेका छन् ।
अब भने गुरुङले ए डिभिजन लिगमा ललितपुरको थ्रीस्टार क्लबको प्रतिनिधित्व गर्नेछन् । ‘थ्री स्टारबाट खेल्नु अवसर हो । यस अवसरका लागि निकै नै मेहनत गरेको थिएँ’, रोशनले भनेका छन् ।
यस सिजनको लिगलाई थ्रीस्टारले कप्तान विक्रम लामासहित राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ, निशान खड्का, अट्याकर संजोक राई, डोना थापा, आयुष घलान, निराजन महर्जनलाई अनुवन्ध गरेको छ ।

विदेशी खेलाडीमा भने क्लबले हालसम्म एक मात्रै राफेल बिदियस रिमलाई जोडेको छ । गत सिजनका गोलरक्षक प्रिसोलाईसमेत क्लबले जोड्ने योजना बनाएको छ ।
क्लबले मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई जिम्मा दिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले यसपटक लिग २९ कात्तिकबाट आयोजना गर्दैछ ।
पुरस्कार राशिसमेत बढाएको एन्फाले गत वर्षको ५० लाखलाई बढाउँदै यसपटकको विजेताले ७५ लाख रुपैयाँ पाउने जनाएको छ । यस्तै दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछन् ।
१४ क्लब सहभागी रहने लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजन सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ४३ बजे