
७ भदौ ०७८, काठमाडौं । सुनचाँदीको भाउ सोमबार वृद्धि भएको छ । यस दिन सुन तोलामा २०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ ओरालो लागेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउमा सामान्य गिरावट देखिएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँ तोकिएको थियो ।







प्रतिक्रिया