८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ओमानमा नेपाली क्रिकेट टोलीको पहिलो अभ्यास




११ भदौ ०७८,काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिमले पहिलो दिनको प्रशिक्षण गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ओमान पुगेको टोलीले पहिलो प्रशिक्षण पूरा गरेको जनाएको हो ।
ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको थियो । तीब्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
नेपाल, ओमान र अमेरिकाबीचको सिरिज २८ भदौदेखि ४ असोजसम्म आयोजना हुनेछ ।
सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।
यी हुन् नेपाली टिममा रहेका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार ।

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : १९ बजे