४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा सामुद्रिक आँधीले तीन नेपालीसहित ४५ जनाको निधन



काठमाडौं, १८ भदौ । अमेरिकामा सामुद्रिक आँधीका कारण तीन नेपालीसहित ४३ जनाको निधन भएको छ। आँधीका कारण भिषण वर्षा भएको र त्यसपछिको बाढीमा परी उनीहरुको निधन भएको हो।

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा सामुद्रिक आँधीबाट ठूलो मानवीय भौतिक क्षति पुगेको हो। उक्त आँधीमा परेर एकी परिवारका तीन नेपालीको पनि ज्यान गएको छ। न्यूयोर्क शहरमा ३ नेपालीको निधन भएको हो।

आइडा आँधीले अमेरिकी राज्य लुजियानामा ठूलो भौतिक र मानवीय क्षति गराएको छ। लुजियानाबाट प्रभाव पार्न थालेको आइडाले उत्तरपूर्वका न्यूयोर्क, न्यूजर्सी, पेन्सलभेनियालगायत राज्यमा बढी प्रभाव पारेको छ। आँधीका कारण भिषण वर्षा हुँदा ती क्षेत्रका सडक तथा घरहरु पानीमा डुबेका थिए। ठूलो वर्षापछिको डुबानका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउनेमा अधिकांश घरको तल्लो तलामा रहनेहरु रहेका समाचारमा उल्लेख छ।

आइडा सामुद्रिक आँधीका कारण अमेरिकामा सन् २०१२ मा स्यान्डी आँधीपछि पछिल्लो ९ वर्षमा सबैभन्दा बढी क्षति भएको समाचारमा जनाइएको छ। आइडा प्रभावित राज्यहरुमा अहिले सडक सञ्जाल बन्द हुन पुगेका र बिजुली प्रसारण काटिएको छ।
राष्ट्रपति जो बाइडेनले जालवायु परिवर्तनले पछिल्लो समय अमेरिकामा प्राकृतिक विपदका घटनामा तीव्रता आएको भन्दै यससँगको लडाइँ ‘जीवन र मृत्युको सवाल’ भएको बताएका छन्। बाइडेनले आइडा आँधीमा उत्तरपूर्वी अमेरिकाका ४५ जनाभन्दा बढीले ज्यान गुमाएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ५४ बजे