२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेटका लागि बन्द




२० भदौ ०७८,काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको दुई घन्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ। अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ ।
बजार बन्द हुने अवधिसम्म २१५ कम्पनीको कारोबारमा सात अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको एक करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। जसमध्ये पाँच कम्पनीको मात्र सेयरमूल्य बढेको छ। बजारमा पहिरो गएसँगै सेयर कारोबारी अत्तालिएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ नीतिका कारण सेयर बजार ओरालो लागेको सेयर विश्लेषकहरूको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।