२८ भदौं ०७८, काठमाडौं । नेत्रविक्रम चन्द सम्वद्ध नेकपाले सोमबार राजधानीको खुलामञ्चमा विरोधसभा आयोजना गरेको छ । खुला गरिएको खुलामञ्चको हिलोको बीच हजारौँ सहभागी छन् । कार्यक्रममा सहभागी युवा युवतीहरू कम्युनिष्ट पार्टीका झण्डासँगै राष्ट्रिय झण्डा बोकेर सहभागी भए । कार्यक्रममा विप्लपसँगै सिपी गजुरेल,नेकपा मालेका सिपी मैनाली लगायत सहभागी छन् ।
प्रतिक्रिया