३१ भदौं ०७८, ललितपुर । आन्तरिक पर्यटकिय स्थलको रुपमा परिचित ललितपुरको धापास्थिलमा अवस्थित नागदह पछिल्लो समय फोहोरले ढाकिन थालेको छ ।
यहाँ स्थानीयले कपडा धुने, टाढा टाढाबाट आउने आगन्तुकले बल्छी खेल्ने र स्थानीय रिर्सोटमा आउनेले फोहोर फ्याक्दा नागदह फोहोर बनेको हो ।
स्थानीयहरुका अनुसार बढ्दो शहरिकरणका कारण स्थानीय उद्योग र बस्तीबाट निस्कने फोहोर पानीले नागदह दुषित बन्दै छ ।
यहाँ जलकुम्भी झार ननिकाल्दा झन् फोहोर देखिएको छ । तस्विरहरु : न्युज कारखाना
प्रतिक्रिया