९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर वाणिज्य संघले गर्यो प्रहरी प्रमुख बज्राचार्य र सिडियो निरौलालाई सम्मान



३१ भदौं ०७८, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौला र वरिष्ठ प्रहरी उपरीक्षक श्री किरण बज्राचार्यज्यूलाई बधाई एवं सम्मान गरेको छ ।
विहीबार ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले विहीबार संघको सचिवालयमा नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशको ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये उत्कृष्ट दोश्रो स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री ढुण्डि प्रसाद निरौलाज्यू र वरिष्ठ प्रहरी उपरीक्षक श्री किरण बज्राचार्यज्यूलाई बधाई एवं सम्मान गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंज्यूले उद्योग व्यवसायीहरुको छाता संगठन ललितपुर उद्योग वाणिज्य संघले यस जिल्लाको उद्योग तथा व्यापार व्यवसायको संरक्षण, सम्वद्र्धन, आर्थिक तथा सामाजिक विकासको लागि विगत ५५ वर्ष देखि निरन्तर कार्य गर्दै आएको बताए । अध्यक्ष न्याछ्योंले कोरोना भाइरसको दोस्रो लहरको बढ्दो संक्रमणलाई मध्यनजर राखि अक्षेश्वर महाविहार, पुल्चोकमा आइसोलेसन सेन्टरको संचालन गरेको कुरा बताएका थिए । कोरोना संक्रमितहरुको चाप बढे संगै उपचारको क्रममा अति आवश्यक अक्सिजनको कमिले गर्दा उपचारमा समस्या उत्पन्न भएकोले अक्सिजन सिलिन्डरको व्यवस्था गरि उपचारमा सहजीकरण गरेको र ललितपुर महानगरपालिकाको सहयोगमा ५ हजार जना उद्यमी व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप दिइएको अध्यक्ष न्याछ्योंले बताए । उनले जिल्लाको आर्थिक विकासका साथै विकास निर्माण कार्यमा नीजि क्षेत्र र सरकारी कार्यालय बिच सहकार्य गर्दै जानु पर्नेमा पनि जोड दिए ।
अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला, संस्कृति र सम्पदाको धनी जिल्ला रहेको ललितपुर जिल्लालाई देशकै उत्कृष्ट जिल्ला एवं नमूना जिल्लाको रुपमा अगाडि बढाउन संघ सधै प्रयत्नशील रहेको समेत बताए ।
प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले सरकारी प्रशासनबाट जिल्लाका आर्थिक विकासका साथ साथै विकास निर्माण एवं सुरक्षामा जिम्मेवार बनाउन आफुले हर संम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सरकारी अधिकारीहरुले जनता प्रति जवाफदेहि भएर सेवाग्राहीहरुको काम गर्नु पर्नेमा जोड दिएका थिए ।
उद्योग व्यवसायको विकासका साथै सरकारी निकाय र व्यवसायी बिच राम्रो सम्बन्ध बनाई राख्न ललितपुर उद्योग वाणिज्य संघले खेलेको भूमिका प्रति स¥हानिय व्यक्त गर्दै यस कामले अरु जिल्लाको लागि उदाहरणीय बन्ने समेत उनले बताए ।
कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक श्री किरण बज्राचार्यले बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिदै ललितपुरलाई शान्त र सुरक्षित बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । उद्योग व्यवसाय फस्टाउन, अभिवृद्धि र विकासको लागि शान्ति र सुरक्षा अति आवश्यक रहेको जोड दिनु हुंदै यस कार्यमा ललितपुर उद्योग वाणिज्य संघबाट सधैं सहयोग मिल्ने आशा व्यक्त गरे ।
कार्यक्रममा नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशको ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये उत्कृष्ट दोश्रो स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा यस संघका अध्यक्ष श्री मनोज बहादुर न्याछ्योले प्रमुख जिल्ला अधिकारी श्री ढुण्डि प्रसाद निरौलाज्यूलाई हार्दिक बढाईका साथै उहांको सुस्वास्थ्य दिर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ सम्मान पत्र प्रदान गरे । अध्यक्ष न्याछ्योंज्यूले ललितपुर जिल्लामा शान्ति, सुरक्षा सुदृढ राख्न उल्लेखनिय भुमिका निर्वाह गरेको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरि उपरीक्षक किरण बज्राचार्य लाई अद्धितिय योगदानको उच्च मुल्यांकन गर्दै उनको सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ कदर पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ८ : ४८ बजे