१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजदेखि सुपथ मूल्यका पसल सञ्चालन,के कति छुट ?




१ असोज ०७८, काठमाडौं । सरकारले दसैं, तिहार, छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।
सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामान राख्नेछन्।

चिनी, नुन, चामल, खसी, बोका, घ्यू, पनिरजस्ता सामान ती सुपथ मूल्यका पसलबाट किन्न सकिनेछ। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन्। ती पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी(बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।