२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री




एजेन्सी
२ असोज ०७८,बेइजिङ । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ ।
उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो ।
अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए ।
यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
तस्विर ः चिनियाँ विदेश मन्त्रालय

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।