८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर गोदावरीमा ‘२ वे जिप लाइन’ सञ्चालनमा



४ असोज ०७८, ललितपुर। ललितपुर गोदावारीस्थित विशंखुनारायण सामूदायिक वनमा ‘टु वे जिपलाइन’ सञ्चालनमा ल्याइएको छ । सामूदायिक वनमा असोज १ गतदेखि जिपलाइन वाइल्ड वन्डर नेपाल प्रालिले औपचारिक रुपमा गोदावारी जिपलाइन सञ्चालनमा ल्याएको हो ।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दूरीमा रहेको गोदावारी नगरपालिको विशंखुनारायण मन्दिर अवस्थित उक्त सामूदायिक वनमा पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले जिपलाइन ५० लाख रुपैयाँ लगानी गरी शुरु गरेका हुन् ।

साहसिक खेल जिपलाइन सञ्चालनमा आएपछि विषेश गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्ने व्यवसायी श्रेष्ठको विश्वास छ । उनले उक्त जिपलाइन उपत्यकामा व्यस्त जीवन व्यतित गर्नेहरुलाई प्राकृतिक स्वच्छताको अवलोकन गराउँदै पर्यावरण र प्रकृतिको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको बताए ।

नेपाल सरकारले प्रकाशित गरेको सामूदायिक वनमा पर्यापर्यटन कार्यविधि–२०७५ का आधारमा नियम कानून अन्तर्गत रहेर सामूदायिक वनले आशयपत्र आह्ववान गरेपछि बोलकबोलमार्फत् ठाउँ लिइएको श्रेष्ठले बताए । उनले नेपालका अन्य विभिन्न जिल्लाका सामूदायिक वनमा समेत शुरु गर्ने योजना उनले बनाएका छन् ।

विषेशगरी उनले गोदावारीको जिपलाइन भने पर्यापर्यटनलाई लक्षित गरी शुरु गरको हुन् । उनले कर्मचारीलाई आफैले तालिम दिएर २० जनालाई रोजगारी दिएका हुन् ।

गोदावारीको टु वे जिपलाइन एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको सो जिपलाइन काठमाडौं, ललितपुर र भक्तपुरका आन्तरिक पर्यटकलाई लक्षित गरी शुरु गरिएको उनको भनाइ छ ।

टु वे जिपलाइनको शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ भने बच्चाहरुको लागि ३ सय रुपैयाँ तोकिएको छ । १२ जनाको समूहमा आउनेलाई भने २ जनाको लागि छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ४३ बजे