९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपालमा नयाँ चरा फेला



४ असोज ०७८, मुस्ताङ । नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति यो चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका ५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सोमबार जानकारी दिएको हो ।
संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिचेका थिए । दोस्रो दिनपछि पनि पुनः यो चरा देखिएपछि उनले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाएको कोषले जनाएको छ ।
कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाएको थिए भने चराविद्हरू डा हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गरेका थिए । पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।