९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पञ्चशील सहकारीको कार्यसमितीमा आए र अशोक र घनश्याम



१० असोज ०७८, ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारीको अध्यक्षमा अशोक बज्राचार्य र सचिवमा घनश्याम धमलाचयन भएका छन् । गतआर्थिके बर्ष कोरोनाका कारण स्थगित भएको संस्थाको संचालक र लेखा समितिको निर्वाचन कार्यक्रम यस बर्ष सम्पन्न भएको हो ।
सहकारीका अनुसार निर्वाचित कार्य समितिको उपाध्यक्षमा देबेन्द्र प्र. श्रेष्ठ, कोषाध्यक्ष राम प्रसाद गिरी छन् भने सदस्यहरुमा जीवनदेवी शाक्य, राजेन्द्र शाक्य र भोलानाथ ढुङ्गाना रहेका छन् । यसैगरी लेखा समितिमा संयोजक शेषराज दाहाल, सदस्यहरुमा रामप्रसाद निरौला र रुपेश भट्टराई चयन भएका छन् ।
२०७८ असोज ३ देखी ९ गतेसम्म संचालित संस्थाको २१ औँ वार्षिक साधारण सभा प्रत्यक्ष र भर्चुअल रुपमा सम्पन्न गरिएको हो । कार्यक्रममा संचालक समितिको तर्फबाट निवर्तमान कार्यकारी अध्यक्ष राजु खतिवडाले आ.व. २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८÷०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
प्रतिवेदनअनुसार संस्थाको शेयरपूँजी रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको छ । यसैगरी संस्थाले बचततर्फ रु १ अर्ब ७४ करोड ५० लाख रहेको र वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख रहेको छ जनाएको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २३ करोड ४३ लाख पुगेको छ । संस्थाले गतबर्ष ६ करोड ५४ लाख खुद नाफा गरेको खतिवडाले जानकारी दिए । पञ्चशीलले विभिन्न राजस्व शिर्षकमा १ करोड ८९ लाख कर बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४८ बजे