२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उपत्यकामा करिब ५० प्रतिशतलाई खोप



१३ असोज ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ ।

काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ । मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताउनुभयो । काठमाडाँै जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो ।

त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।