९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्रीलालीगुँरास सहकारीले केक काटेर मनायो २२ औं वार्षिकोत्सव




१० असोज ०७८, पुल्चोक । पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारीले सफलताको २२ औ वर्ष पुरा गरी २३ औ ंवर्षमा प्रवेश गरेको अवसरका केक काटेर वार्षिकोत्सव मनाएको छ । २३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष श्री अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताएका छन् । श्रेष्ठले पछिल्लो समय संस्था विरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे ।
संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठले करिब २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताएका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले भने–‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिका टिप्पणी आधारहिन छ , यस्ले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन । हामी यो विश्वस्त दिलाउन चाहन्छौ कि जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैभ कदर गर्नेछौ । उनले शेयर सदस्यको अटुट मायाको कारण संस्था थप उचाईमा पुग्न सफल भएको बताएका छन् ।
ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने बताउदै श्रेष्ठले भने–हामी कानुनको विरुद्धमा कोहीपछि अघि बढ्न सक्दैन । ‘महानगरपालिकासंग भएको मुद्धा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कानुन अनुसार नै अघि बढ्ने उनको भनाई थियो ।
दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमााडौकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ । संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सय सय भन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचय बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
डिभिजन सहकारी कार्यालय ललितपुरमा बिसं २०५६ साल भदौ १८ गते दर्ता भई बिसं २०५६ साल असोज १५ गते अर्थात आजकै दिनबाट कारोबार सुरु गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षाक्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग , उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।
संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक श्री सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरु र राजधानीको केही उपयुक्त स्थानहरुमा थप संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिएका छन् ।
भण्डारीले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको उल्लेख गर्दै सम्पुर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । उनले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिए ।
संस्थाको २३ औ वार्षिकोसवको सुखद उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण शेयरसदस्य महानुभावहरु तथा शुभचिन्तकहरुबाट आगामी वर्षहरुमा समेत सुझाव, सल्लाह तथा सहयोग पाई रहनेमा हामी विश्वस्त रहेका छौं । आगामी दिनहरुमा यस संस्थाबाट सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने सहकारीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ३९ बजे