४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन’




एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताए ।

उनले भनेका थिए– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ । इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।

इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए ।
सिन्ह्वा

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ४० बजे