८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


उसु क्वानका रेशमा तामाङ्ग उत्कृष्ट महिला खेलाडी




२१ असोज ०७८, काठमाडौं । प्रथम काल भैरब जुनिएर खुल्ला वुसु च्यम्पिअन्सिप २०७८ विहीबार काठमाडौंमा सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको प्रतियोगिता दुई दिन भएको यस प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
यस प्रतियोगितामा थाउलुतर्फ उत्कृष्ट पुरुष खेलाडीमा त्रिकोण उसु क्वानका मनिस तामाङ्ग भए भने ड्रागन उसु क्वानका लाक्पा डोल्मा शेर्पाले उत्कृष्ट महिला खेलाडीको ट्रफि हात पारिन । सान्सौतर्फ यिङ्गयाङ्ग उसु क्वानका रेशमा तामाङ्गले उत्कृष्ट महिला खेलाडी भईन भने काठमाडौं उसु क्वानका नवीन माझी उत्कृष्ट पुरुष खेलाडी हुन सफल भए । दसरथ रगसालामा आयोजना भएको उक्त प्रतियोगितामा ३० देखि ३२ तौलमा आसिर्या देसारले स्वोर्णपदक जित्न सफल भईन ।
४० वटा क्लबका २०० भन्दा बढी खेलाडी सहभागी भएको यस प्रतियोगितामा सान्सौतर्फ २० र थाउलु तर्फ १८ स्वर्ण पदकको छिनोफानो भएको छ । यस प्रतियोगितामा ७ वटा स्वर्ण २ रजत र १ कास्य पदक सहित ड्रागन उसु क्वान टिम च्याम्पियन हुन सफल भएको थियो भने ५ स्वर्ण ५ रजत र १०कास्य पदक सहित काठमाडौं उसु क्वान दोस्रो र ५ स्वर्ण ३ रजत र २ कास्य पदक सहित त्रिकोण उसु क्वान तेस्रो हुन सफल भएको छ ।
कार्यक्रमका बिशिष्ट अतिथि राजिव महर्जनले यस प्रतियोगिताले नयाँ खेलाडीहरलाई उसु खेलप्रति थप उर्जा थपिएको र लामो समय उसु खेलको कुनै पनि प्रतियोगिता नभएको अवस्थामा एउटा क्वानले यस्तो खालको प्रतियोगिता गराएर उसु खेलको बिकास ठुलो टेवा पु–याएको बताएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : २० बजे