९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण पुरा




२२ असोज ०७८, काठमाडौं । कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । निर्माण पुरा भएको अवसरमा
धनकुटाको हिलेमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको छ ।
२. १०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण
१० अर्व ४ करोड लागतमा निर्माण भएको हो । भारत
सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको  ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेरु ४अर्व ५ करोड लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई
हस्तान्तरण गरिएको हो । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस
सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २ हजार मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्नेछ ।
कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख श्रीमती नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई यो परियोजना हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको चर्चा गरेका छन् । साथै उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । साथै दुई
देशबीच अन्य विद्युत प्रसारण लाइनको निर्माणमा भारतले गर्दै आएको निरन्तर सहयोगलाई जारी राखेको छ । यो ‘छिमेक पहिलो’ नीति अनुरुप भारतले जोड दिएको सीमापार आर्थिक कनेक्टिभिटिको महत्वपूर्ण पक्षको रुपमा रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०५ बजे