९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बुद्धभूमि नेपालको आइपीओ बाँडफाँट, हेर्नुहोस् कतिले पाए ?




२२ असोज ०७८,काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५५ अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २५ अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : १८ बजे