३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो सुनको मूल्य




२५ असोज ०७८, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।