२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्यकलाकार मनोज गजुरेलले गरे दोश्रो विवाह




२५ असोज ०७८, काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले दोश्रो विवाह गरेका छन् । गजुरेलले सामाजिक सञ्जाल मार्फत आफ्नो विवाह नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग भएको जानकारी दिएका छन् ।
गजुरेलले आफ्नो व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नलेख्न समेत अनुरोध गरेका छन् । उनले श्रीमती मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नलेख्न र सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाउन भद्र अनुरोध गरेका छन् ।
गजुरेलले कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन समेत अनुरोध गर्दै नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरा सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।
बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको दुखेसो गर्दैत्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव दिदै लेखेका छन्– कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।