२८ असोज ०७८, वसन्तपुर । ०७२ सालको महाभुकम्पले भत्केको काठमाडौंको बसन्तपुरस्थित काष्ठमाण्डपको लगभग पुर्ननिर्माण सकिएको छ । वसन्तपुरमै काजुदेवल, हनुमानढोका दरवारलगायत सम्पदा पुर्ननिर्माण सम्पन्न हुने तरखारमा छ ।
यहाँका सम्पदा निर्माण भएसँगै बसन्तपुरको सुन्दतामा झन् निखरता आएको छ । वसन्तपुरका सम्पदा निर्माणसँगै यहाँको पर्यटकहरुको चहल पहल बढ्ने अपेक्षा गरिएको छ ।
महानगरले दशैं अगाडि नै पुर्ननिर्माण पुरा गरि उद्घाटन गर्ने तयारी गरे पनि मजदुर अभावका कारण केहीसमय पर धकेलिएको जानकारी दिएको छ ।
न्युज कारखानाबाट
प्रतिक्रिया