८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


दशैका रमाइला दश दृश्य



पोखरा महानगरपालिका वडा नं १८ खपौदीस्थित फेवातालको छेउमा दशैं टीकाको साँझ पिङ खेल्न सर्वसाधारणको भिड । तस्वीर : राधिका कँडेल\रासस

३१ असोज ०७८,काठमाडौं । २०७८ सालको दशै आयो, गयो । कोरोना संक्रमण घटेसँगै उत्हासपूर्ण रुपमा मनाइएको दशैंमा नेपालीहरुले मन फुकाएर मनाएका छन् ।

दशैंका दिन काठमाडौँको स्वयम्भूस्थित भगवानपाउमा दशैंका जमरा किन्दै ग्राहक । तस्वीर : विमलबहादुर विष्ट\रासस

अघिल्लो बर्षको तुलनामा यस बर्ष बेसी नै चहल पहल देखियो । सार्वजनिक स्थलमा पिङ खेलिरहेको,टिकालगाएर डुल्दै गरेको दृश्य जताततै देखिन्थ्यो । हेर्नुस दशैभर देखिएका रमाइला दश दृश्य :

तनहुँको देवघाटस्थित वृद्धा७नतसममा रहेका ज्येष्ठ नागरिक शुक्रबार दशैँको दिन टीका लगाउँदै । तस्वीर : कृष्ण न्यौपाने \रासस
तनहुँको भिमाद नगरपालिका ८ गणेशपुरमा रोटे पिङ बनाउँदै स्थानीयवासी । आजभोलि दशैँंमा पिङ बनाउने प्रचलन हराउँदै गएको छ । तस्वीर : कृष्ण न्यौपान\रासस
। शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु समुदायका युवती बडा दशैंमा देखाइने सखिया नृत्य गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु\रासस
हुम्ला जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत विजया दशमीको उपलक्षमा टीका लगाउँदै । तस्वीर : दाने बोहरा\रासस
शुक्लाफाँटा नगरपालिका–३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी मान्यजनबाट बडा दशैंको टीका थाप्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु\रासस
टीकाको दिन शुक्रवार दमकको दुर्गा मन्दिरबाट जमरा लैजाँदै सर्वसाधारण । तस्वीर : यज्ञराज आङदेम्बे\रासस
ललितपुरको लगनखेलमा दुर्गा पुजामा सहभागी सर्वसाधारण । तस्विर : ललितपुर खबर

 

ललितपुरको सुनाकोठीस्थित वालकुमारी चौरमा पिड खल्दै युवक । तस्विर ललितपुर खबर

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ११ बजे