४ कार्तिक ०७८, काठमाडौं । बिहीबार सेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ। बिहीबार पुँजीबजार मापक परिसूचक नेप्से १४.७० अंकले घटेको हो। यससँगै नेप्से २५५६.९६ विन्दुमा ओर्लिएको छ।
नेप्सेमा बिहीबार दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१६ वटा कम्पनीका ६१ लाख छ हजार ४५२ कित्ता सेयर ३६ हजार ७६२ पटक किनबेच भएका थिए।
प्रतिक्रिया