
५ कार्तिक ०७८, काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका १ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया