४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाका कारण विश्वभर १ लाख ८० हजार स्वास्थ्यकर्मीको निधन




एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणको कारण विश्वभर ८० हजारदेखि १ लाख ८० हजारसम्म स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।
कोरोना संक्रमण फैलिने क्रममा रहेकाले अत्यधिक थकान, चिन्ता, डिप्रेसनजस्ता समस्याको जोखिम कायमै रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ। बिहीबार डब्ल्यूएचओले स्वास्थ्यकर्मीको मृत्यु ठूलो क्षति भएको बताएको छ।

डब्ल्यूएचओले अहिले सार्वजनिक गरेको तथ्यांकमा २०२० को जनवरीदेखि २०२१ को मेसम्मको डेटा समावेश छ। यो अवधिमा कोरोना संक्रमणको कारण समग्रमा ३४ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको थियो।

यो क्रममा विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मीले काम गरेका थिए। कोरोना महामारीको समयमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुमा अत्यधिक थकान, डिप्रेसनजस्ता विभिन्न किसिमका समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ ।

विश्वभर कोरोना खोप अभियानमा स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइए पनि वितरणको असमानताको कारण औसतमा पाँचमध्ये दुई स्वास्थ्यकर्मीले मात्र कोरोना खोप पाएको डब्ल्यूएचओले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ५९ बजे