९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर पुल्चोकस्थित भाटभटेनीमा हस्तकला कोसेली मेला हुँदै



फाइल तस्विर

५ कात्तिक ०७८,ललितपुर। ललितपुरको पुल्चोकस्थि भाटभटेनी सुपर मार्केटमा हस्तकला कोशेली मेला आयोजना हुने भएको छ ।
नेपाल हस्तकला महासंघले हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो ।

नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ ।

शुक्रबार महासंघमा आयोजित मेला सहभागीहरुको अभिमुखीकरण कार्यक्रममा मेला संयोजक बिक्रम सिंह महर्जनले जानकारी दिएका छन् । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुने उनले बताएका छन् । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहने बताइएको छ । मेलाको वैकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी टिव्वेट हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि
निकट भविष्यमा नै बिक्री बितरण गर्ने लक्ष्य राखेको छ । यस अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यले नेपाली हस्तकला महँगोमात्र नभइ सस्तो पनि रहेकोले आन्तरिक बजार प्रवद्र्धन गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ३१ बजे