६ कार्तिक ०७८, ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभा सम्पन्न गरेको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले साधारण सभाको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सकिने बताएकी थिइन् ।
शनिबार ललितपुर सम्पन्न भएको यससंस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६÷७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६ सय २४ रहेकामा आव २०७७÷७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १ सय ७९ र पुरुष सदस्य तीन हजार ४ सय २३ गरी जम्मा ११ हजार ६ सय २ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिएका छन् ।
आव २०७६÷७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १ सय शेयर पुँजी सङ्कलन भएकामा आव २०७७÷७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७ सय सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८ सय पुगेको छ ।
संस्थाले २०७६÷७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९ सय २४ बचत सङ्कलन गरेकामा आव २०७७÷७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९ सय १० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८ सय ३५ पुगेको छ ।
आव २०७६÷७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७÷७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
६ कार्तिक २०७८, शनिबार
0
Shares
प्रतिक्रिया