२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चावहिलमा बसले ठक्कर दिंदा एक बृद्धको मृत्यु



८ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको चावहिलमा एक बसले पैदलयात्रीलाई ठक्कर दिदा एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।