८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तामाङको ‘लानी धिनी’ भिडियो एल्वम बजारमा




१३ कात्तिक ०७८,काठमाडौँ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ’लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट गीत सार्वजानिक गरेका छन ।
अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन ।
गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संगीत संयोजन, पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सिता लामाको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई काभ्रे,सिन्धुली लगायतका रमनिय स्थलमा छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोलाई त्रिलोक लामाले छायांकन, सुर्य लामाले सम्पादन, निर्देशन, कलर, ड्रोन छायांकन गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : ०१ बजे